प्रि ओपन सेसन : साढे २ अंक बढ्यो नेप्से परिसूचक, ५ हजार ३६२ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.६४ अंक बढेर २१९६.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको २० लाख ९६ हजार ३३१ रुपैयाँ १० पैसा बराबरको ५ हजार ३६२ कित्ता शेयर खरिदबिक्री भएको छ । सोमध्ये ७ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ । 

बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया