कोहलपुरमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिको स्वीकृतिबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुरमा तीनदिने कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम आयोजना गरेको छ । 

साउन १४, १५ र १६  गते चलेको तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा ३३ जना अभिकर्ताको सहभागिता थियो । 

तालिमको सञ्चालन अजोड इन्स्योरेन्सको कोहलपुर शाखाका प्रमुख निर्मलकुमार छेत्री साउदले गरेका थिए । अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्लाबाहेक बाहिरी जिल्लामा  पनि अभिकर्ता तालीम सञ्चालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रस्ट बुझ्न सकिन्छ । 

तालिममा अजोड इन्स्योरेन्सको लुम्बिनी प्रदेशका प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रविनकुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्रबहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया