प्रेमीकासंग लागेर श्रीमति हत्या गर्ने पुरुष कारागार

७ बर्ष अगाडि

बुटवल । पश्चिम नवलपरासीमा केहि दिन अघि  परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने एक जना पुरुष र अर्का मतियार पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।

   जिल्लाको वर्दाघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीलाई गाँठी निमोठेर हत्या गरी चिसापानी जंगलमा स्यालाले छोपेर  फालेका थिए । उनको शव घरबाट बेपत्ता भएको ४ दिन पछि पुस १७ गते  दाउँरा घाँस गर्न पुगेका स्थानियले देखे पछि  प्रहरीलाई खबर गरेका थिए ।

  श्रीमतिको हत्या गरी प्रेमी भनिएकी ती महिलालाई मोवाईलमा–‘ मैले बुढी मारें’ भनेर  एसएमएस गरेको देखे पछि उनका हत्या अभियोगी श्रीमान पक्राउ परेका थिए । लगत्तै प्रेमीका भनिएकी महिला र बुहारीको हत्या घटना दवाउनमा सहयोग पुराउने ससुरालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

  जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रबक्ता प्रहरी निरीषक बालिस्ट सिंह संग सम्पर्क राख्दा उनले ती  प्रेमीका भनिएकी महिलालाई ४० हजार धरौटीमा छाडिएको, हत्या अभियोगी र मतियारका रुपमा रहेका उनका बावुलाई अदालतले पुर्वक्षका लागि थुनामा पठाएको जानकारी दिए । मृतका दुई स–साना वालवालिका छन । 

७ बर्ष अगाडि

प्रतिक्रिया