काठमाडौं - फेडेरल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भदौ १० गते बस्ने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको छ । सभामा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, आईपीओ निष्कासन गर्ने, कम्पनी गाभ्ने गाभिने तथा आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरिक्षण नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् ।
प्रतिक्रिया