काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि फाइनान्सको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २१.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ८९.७४ प्रतिशत बढेको छ ।
त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी ५२ प्रतिशत र सञ्चालन मुनाफा १०६.८६ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा १९ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफा उल्लेख्य बढेपछि फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १० रुपैयाँ २३ पैसा बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २५ पैसा रहेको छ ।
समीक्षा अवधिमा फाइनान्सको निक्षेप २१.६५ प्रतिशत र कर्जा ८०.१० प्रतिशत बढेको छ ।
प्रतिक्रिया