काठमाडौं - चार वटा जीवन बीमा कम्पनीले बीमा समितिमा एक्चुरियल प्रतिदवेन बुझाएका छन् । बीमा समितिका अनुसार नेपाल लाइफ, नेशनल लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक्चुरियल मूल्याङ्कन पेश गरेका हुन् ।
अहिलेसम्म मेट लाइफ सहित एशियन लाइफ, ज्योति लाइफ र आइएमई लाइफले एक्चुरियल प्रतिवेदन स्वीकृत गराइसकेका छन् । यी कम्पनीहरुले बीमितहरुको बोनसदर समेत सार्वजनिक गरिसकेका छन् ।
समितिका अनुसार बोनसदर सार्वजनिक गरे पनि कम्पनीहरुले वित्तीय विवरण भने समितिमा बुझाउन सकेका छैनन् । बीमा समितिको एक्चुरिले कम्पनीहरुले पेश गरेर प्रतिवेदन हेरेर मात्रै स्वीकृत गर्दछ । यदि समितिको एक्चुरिले प्रतिवेदनमा केहि कैफियत भेट्यो भने पुनः सच्याउन निर्देशन दिनेछ ।
यदि कम्पनीहरुले राम्रो सँग प्रतिवेदन तयार पारेका रहेछन् भने केहि समयमै स्वीकृत हुन्छ ।
प्रतिक्रिया