काठमाडौं - श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।
निष्कासन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।
उक्त आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको हो ।
सो मध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँड गरिएको छ । अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ ।
अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिन्छ । सीडीएससीको https://iporesult.cdsc.com.np बाट पनि नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रिया