श्वेतगंगा हाइड्रोको आईपीओ बाँडफाँड : २ लाख २७ हजारले पाए सेयर, ५ जना भाग्यमानी

३ बर्ष अगाडि

काठमाडौं - श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।  सोही शेयर यस दिन बाँडफाँड गरिएको हो ।

निष्कासन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको हो । 

सो मध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँड गरिएको छ । अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया