नेपाल एसबिआई बैंकको नाफा १ अर्ब ६३ करोड माथि, निक्षेप र कर्जा कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेको छ । 

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३।३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया