काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकको उक्त खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ । नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ ।
उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ०।५१ प्रतिशत घटेको छ ।
त्यसैगरी, बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया