सयपत्री हाइड्रोको आईपीओमा २६ गुणा बढीले ओभरसब्सक्राइब्ड

३ बर्ष अगाडि

काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ । 

यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ । यो आईपीओमा मंगलबार बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको छ । 

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

धितोपत्र बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा १५ लाख ५७ हजार ७०२ आवेदकबाट कुल १ करोड ७६ लाख ७७ हजार ६१० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा २६.३६ गुणा बढी हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया