काठमाडौं - श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आज बाँडफाँड हुने भएको छ । श्वेत–गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा हुनेछ ।
आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान ९ बजे हुने भएको छ । कम्पनीले गत साउन ४ गते साउन ८ गतेसम्म १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो ।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी २ लाख ७० हजार २ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ सेयर पाउनेछन् ।
प्रतिक्रिया