हिमालयन बैंकको नाफा २ अर्ब ४८ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी उल्लेख्य घट्दा बैंकको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१।०५ प्रतिशत बढेको छ। यता, बैंकको कुल सञ्चालन आम्दानी ८।२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७।८१ प्रतिशत घटेको छ । 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ रकोड रुपैयाँ अन्य सञ्चालन आम्दानी, गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष ३।२३ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५।६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया