सम्भावित जोखिम बापतको व्यवस्थाका लागि कम रकम छुट्याएका कारण स्वाभिमान लघुवित्तको नाफामा झिनो सुधार

३ बर्ष अगाडि

काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफमा झिनो सुधार भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाका लागि कम रकम छुट्याएका कारण लघुवित्तको नाफामा झिनो सुधार भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत बढेको छ । 

लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ९ करोड ६१ लाख रुपैयाँ ऋणात्मकबाट ६ करोड ६८ लाख रुपैयाँ धनात्मक भएको छ । खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । 

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया