हिमालयन र बीओकेले मेलम्चीमा फसेको आफ्नो डेढ अर्ब १० वर्षपछि फिर्ता पाउने

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक र बैंक अफ काठमाण्डौले करिब १० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाउने भएका छन् । करिब १० वर्षपछि यी बैंकहरुले चीनमा मुद्दा जितेसँगै डेढ अर्ब बढी रकम फिर्ता पाउने भएका हुन् ।

बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो । शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेसँगै अब चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको छ ।

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिएको थिएन । 

अदालतको फैसलासँगै अब यी दुई बैंकले काउन्टर ग्यारेन्टिबापतको रकम फिर्ता पाउने भएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया