ङादी ग्रुप पावरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रदमा आजदेखि आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - आजदेखि ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १।५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २० गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया