टेलिकमको नमस्ते मोबाइलमा ब्यालेन्स सकियो ? अब चिन्ता नलिनुस्

७ बर्ष अगाडि

काठमाडौं–नेपाल टेलिकमल व्यालेन्स सापटी लिन पाउने सेवा संचालन गरेको छ । 

टेलिकमले शुक्रबारबाट मोवाईलमा व्यालेन्स सापटी पाउने सेवा संचालनमा ल्याएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले सेवाको शुभारम्भ गरे । 
 ‘नमस्ते क्रेडिट’ नाम दिइएको सो सेवा लिनका लागि मोवाइलको म्यासेज बक्समा स्टाटस  टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधा अन्तरगत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईम को सुविधान प्रदान हुने टेलिकमले जनाएको छ ।
 सेवा लिन नचाहनेहरुले स्टप  टाईप गरी १४७७ मा एसएमएस पठाउन सक्ने व्यवस्था पनि गरिएको छ । 
व्यालेन्स सकिएर फोन काटिने समस्या आउन नदिन टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको हो ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया