तीन कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा, अन्य कुन कम्पनीले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा झिनो अंकले घटेको छ । उतारचढावकाबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ ।

विन्धवासिनी हाइड्रोपावर र समलिङ पावर, हिमाल दोलखा पावरको शेयर कारोबार सकारात्मक सर्किट लेभमा भएको हो । विन्धवासिनीको शेयर ९.९९ प्रतिशतले बढेको छ, समलिङ पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ र हिमाल दोलखा पावरको शेयर ९.९७ प्रतिशतले बढेको छ।


३ बर्ष अगाडि

प्रतिक्रिया