काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा झिनो अंकले घटेको छ । उतारचढावकाबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ ।
नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।
अघिल्ला दुई दिनको कारोबारको तुलनामा आज कारोबार रकम घट्न पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन २९ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९ करोड २४ लाख, गोर्खाज फाइनान्सको ९ करोड ४ लाख र युनाइटेड इदि मार्दीको ७ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया