काठमाडौं, सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमाससम्म रु. १० करोड ५५ लाख नोक्सानीमा रहेको कम्पनीले गत आवको सोही अवधिमा रु. १ करोड ६६ लाख नाफामा गएको छ ।
अघिल्लो आवमा रु. २१ करोड ६२ लाख खुद ब्याज आम्दानी भएको कम्पनीको गत आवमा बढेर रु. २२ करोड ८२ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रु.८३ करोड ४३ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रु. ९ करोड २६ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रु.७ करोड १० लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रु. २ (वार्षिक), मूल्य आम्दानी अनुपात ११८.४८ गुणा, प्रतिशेयर नेटवर्थ रु.११८.४८ र तरलता अनुपात २४.४१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया