मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट आज बाँडफाँट,कतिले पाउलान शेयर ?

३ बर्ष अगाडि

काठमाडौं, मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर आज (मंगलबार) बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १५ गते आइतबार प्रि अलमेन्टको काम सकेर भोली बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केटका अनुसार आज साउन १७ गते (मंगलबार) अपरान्ह ४ बजे शेयर बाँडफाँट हुनेछ । कम्पनीको शेयर, बिक्री प्रबन्धकको बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुनेछ ।

कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको शेयर पाउनेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया