काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १.१५ अंक बढेर २१९६.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८० अंक बढेर २२९८.०५ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा १३ स्टकको १४ लाख २० हजार ४३१ रुपैयाँ ७९ पैसा बराबरको २ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १२ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया