काठमाडौं, नयाँ आर्थिक वर्ष लागेसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आस्बा शुल्क सार्वजनिक गरेका छन्।
२७ वाणिज्य बैंकहरुमा केही बैंकहरुले आस्बा निःशुल्क गरेका छन् भने केहीले प्रतिआवेदन रु. १० देखि रु. १०० सम्म तोकेका छन्। यसरी आस्वा शुल्क सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा ३ वटाले निःशुल्क गरेका छन् भने ८ वटाले १० रुपैयाँ तोकेका छन्।
यसैगरी एउटा बैंकले १५ रुपैयाँ, ८ वटाले २० रुपैयाँ, ५ वटाले २५ रुपियाँ र एउटाले १०० रुपैयाँसम्म आस्बा शुल्क निर्धारण गरेको छ। यसरी १०० आस्बा शुल्क तोक्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ।
निःशुल्क आस्बा सेवा प्रदान गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक छन्।
नेपाल बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकमा लगानीकर्ताले सि आश्वा वापत आईपीओ भर्दा प्रतिआवेदन १० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
यस्तै,ग्लोबल आइएमई बैंकमा रु. १५ र सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक र सानिमा बैंकमा रु. २० तिर्नुपर्छ ।
यसैगरी, मेगा बैंक नेपाल, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल बैंक र नेपाल एसबीआई बैंकले रु. प्रति आईपीओमा रु. २५ तोकेका छन् ।
प्रतिक्रिया