६१.४३ प्रतिशतले बढेर महिला लघुवित्तको नाफा १५ करोड, कति पुग्यो प्रतिशेयर आम्दानी ?

३ बर्ष अगाडि

काठमाडौं, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.३७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १८.७६ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १५ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। जसले गर्दा खुद नाफा बढ्न टेवा पुगेको हो।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा बढेर १०१ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३।७९ गुणा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेर १४ करोड ७५ लाख रुपैयाँ रहेकोछ भने जगेडा कोष ३५.०६ प्रतिशत बढेको छ। 

समीक्षा वर्षमा संस्थाले २ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब २४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया