हिमाल दोलखाको शेयर कारोबार फुकुवा, नेप्सेलाई दियो स्पष्टिकरण

३ बर्ष अगाडि

काठमाडौं,हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएको छ । यो सँगै नेप्सेले कम्पनीको कारोबार पनि फुकुवा गरेको छ ।

कम्पनीले कारोबार समय बैठक बस्नु कमजोरी भएको भन्दै अब आईन्दा त्यस्ता कमजोरी नगर्ने गरी क्षमा याचनासहितको पत्र नेप्सेमा पेश गरेको छ । यस्तै, कम्पनीले बुकक्लोज मिति तोकी सोको जानकारी नेप्सेमा समयमै दिन नसक्नुमा लेखाईमा त्रुटी भएको जनाएको छ । नेप्सेले कम्पनीलाई पुन बुक क्लोज मिति तोकी पठाउन निर्देशन दिएको छ ।

यसअघि कम्पनीले नेप्सेको कारोबार समयभित्र कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १ः०.७५ प्रतिशत हकप्रद शेयर दिने विशेष प्रस्ताव गरेको र साधारण सभाको सूचना प्रकाशन गर्दा बुकक्लोजको मिति कम्तिमा ७ दिन राख्नुपर्ने प्रावधान रहेकोमा कम्पनीले उक्त नियम पालना नगरेको हुनाले यस विषयमा के भएको हो र संस्थाको भनाई के छ भन्ने विषय उल्लेख गरी स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो । 

62e7b6346344d.jpg

३ बर्ष अगाडि

प्रतिक्रिया