पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार नजिक

३ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३ हजार ६८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६३२ तथा २ हजार २२४  एन्टिजेन विधिबाट २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता थप २६४जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९३४ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया