काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयरबजार झिनो अंकको बृद्धि भएको छ । हिजो ५४.५८ अंकले बढेको शेयर बजार आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सोमबार बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी र एचआईडिसीएलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्वाभिमान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरी, एचआईडिसीएल, अपि पावर र अरुण भ्याली हाइड्रोपावरको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ।
प्रतिक्रिया