यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयरबजार झिनो अंकको बृद्धि भएको छ । हिजो ५४.५८ अंकले बढेको शेयर बजार आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो ।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख, एचआइडिसिएलको १३करोड ७६ लाख, अपि पावरको १२ करोड ९१ लाख र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया