काठमाडौं - सानिमा बैंकले आफ्ना ग्राहकलाई 'नो डाटा नो प्रबोलम' योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।
यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताले एपमा रहेका सबै सेवा जस्तै– फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना आज साउन १६ गतेदेखि लागू भएको छ ।
सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो ।
प्रतिक्रिया