काठमाडौं - प्रभु बैंक र सेन्चुरी बैंक एक अपासमा मर्जरमा जाने सहमति गरेपश्चात नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार रोक्का हुने वाणिज्य बैंकको संख्या ७ पुगेको छ।
पछिल्लो तथ्यांक अनुसार मर्जरमा जाने सहमति भएर कारोबार रोक्का भएका वाणिज्य बैंकहरुको संख्या ७ पुगेको छ । आइतबार मात्रै प्रभु र सेन्चुरी बैंकले मर्जरमा जाने सहमति गरेका थिए । प्रभुले सेन्चुरीलाई समान हैसियतमा प्राप्ति गर्ने प्रारम्भिक सहमती गरेको हो । सोमबारबाट सेन्चुरी बैंकको कारोबार रोक्का भएको छ।
यसअघि मर्जर सहमती गरेका नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार भइसकेको भएपनि सेयर कारोबार रोक्का नै रहेको छ । यस्तै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरको प्रक्रियामा रहेका छन । हिमालयन र सिभिल बैंक पनि एकआपसमा मर्जरको प्रक्रियामा रहेका छन । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पनि मर्जर प्रक्रियामा रहेका छन । मर्जर प्रक्रियमा रहेका बैंकहरुको सेयर कारोबार समेत रोक्का रहेको छ ।
नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ति गरेको र हिमालयन बैंकले सिभिललाई पनि प्राप्ति गर्ने भएकाले यी दुई बैंक तर्फको सेयर भने कारोबार मै रहेको छ ।
प्रतिक्रिया