पोखरामा भारी वर्षा,  सय बढी घर डुबानमा

३ बर्ष अगाडि

काठमाडौं - आइतबार साँझदेखि कास्कीको पोखरामा भारी वर्षा हुँदा घरहरू डुबानमा परेको छ । 

महानगरपालिकाको वडा नम्बर १३ कमलपोखरी क्षेत्रमा भारी वर्षा हुँदा सयभन्दा बढी घरहरू डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । 

उनका अनुसार, आइतबार साँझदेखि नै सो क्षेत्रमा भारी वर्षा भएको हो । अहिले पनि वर्षा जारी रहेको उनले जानकारी दिए । 

उनले अहिले वडाबासीहरुलाई घरभित्रै सुरक्षित रहन भनिएको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया