आजबाट बिक्रीमा आयो नेशनल माइक्रोफाइनान्स लघुवित्तको ७९ हजार बढी कित्ता संस्थापक सेयर

३ बर्ष अगाडि

काठमाडौं - आजबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । 

उक्त सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । यही साउन २२ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया