अर्थमन्त्री शर्माको पहिलो निर्णय, ५ लाख रुपैयाँको निक्षेप बीमा

३ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री शर्माले पुनः पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५ लाख रुपैयाँसम्म निक्षेपको बीमा सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेका छन् । 

आइतबार पुनर्बहालीपछि अर्थमन्त्री जनार्दन शर्माले यस्तो निर्णय गरेका हुन् । यससँगै अब बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बिमा ९सुरक्षण० हुनेछ ।

यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया