जाल्पा सामुदायिक लघुवित्तको खुद नाफा सँगै घट्यो प्रतिशेयर आम्दानी, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०।३१ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १.४५ प्रतिशत घटेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ३४ पैसा घटेर ६१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७।५९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.४२ प्रतिशत बढेको छ भने जगेडा कोष २५.९९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ५७.८९ प्रतिशत, निक्षेप २०.५२ प्रतिशत र कर्जा ४०.२९ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया