काठमाडौं - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४७.११ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १६.०६ प्रतिशत घटेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.४१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९२.२६ प्रतिशत बढेको छ भने जगेडा कोष ८९.५२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६७.९७ प्रतिशत, निक्षेप १६१.७५ प्रतिशत र कर्जा १३६.१८ प्रतिशत बढेको छ ।
प्रतिक्रिया