काठमाडौं - नेपाल राष्ट्र बैंकले भोली १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी बिलको बोलकबोल आज हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ ।
यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी माघ १७ परिपक्व हुनेछ । यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया