सिटिजन्स बैंकका ग्राहकलाई एपोलो डाइग्नोेस्टिक केन्द्रलाई १५ प्रतिशतसम्मको छुट

३ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौको धुम्बाराहीस्थित ‘क’ वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुका समाधान शाखामा उपस्थित नभईकन ०१–५७९००६८ नम्बरमा फोन गरी तथा कगउउयचत२अतशलदबलप।अयm मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया