तीन डीएसपीको काज सरुवा, जाजरकोटमा श्याम खत्री

७ बर्ष अगाडि

काठमाडौं– प्रहरी प्रधान कार्यालयले तिन जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा डिएसपी श्याम खत्रिको सरुवा भएको छ । जाजरकोटका कार्यरत रविन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डिएसपी कुमोध ढुंगेललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा गरिएको छ ।

 प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी धर्म भण्डारीलाई पठाईएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया