काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ६५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा ३ हजार १९५ एन्टिजेन विधिबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यता थप २९७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।
प्रतिक्रिया