काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दति खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दति खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ ।
उक्त अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्।
यो मुद्दति खाता खोल्ने ग्राहकले लकर सेवामा सतप्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा शुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुटलगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार देशभरका सम्पूर्ण शाखा कार्यालयमार्फत यो मुद्दति खाता खोल्न सकिनेछ ।
प्रतिक्रिया