मंगलबार १० अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल भोली

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले साउन १७ गते (मंगलबार) १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । 

यो ट्रेजरी बिलको भोलि बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । 

यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी माघ १७ परिपक्व हुनेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया