काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ ।
नेप्सेमा गरिमा विकास बैंक बोनस शेयर र नेपाल फाइनान्सको हकप्रद शेयर गरी कुल ८६ लाख ३६ हजार ८५१.०५६१ कित्ता शेयर सूचीकृत भएको हो। जसमा गरिमा विकास बैंकको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता र नेपाल फाइनान्सको २३ लाख १९ हजार ७५८.०८८ कित्ता शेयर छन्।
गरिमा विकास बैंकले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको १६ प्रतिशत बोनस शेयर र नेपाल फाइनान्स आफ्ना शेयरधनीहरुका लागि जारी गरेको ७० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया