शिवम् सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबार दिन(आइतबार) शेयर बजारमा हरियाली छाएको छ ।  

आइतबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा पुगेको छ। 

यस दिन २२० स्टकको ६७ हजार ७४१ पटकको कारोबारमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्टको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ३४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख, हिमालयन डिस्टिलरीको १० करोड ३७ लाख र नेशलन हाइड्रोपावरको ९ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया