५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीको कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबार दिन(आइतबार) शेयर बजारमा हरियाली छाएको छ ।  

आइतबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।

यस दिन नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया