काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोवार रोक्का गरेको छ । शुक्रवार कारोवार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीको कारोवार रोक्का गरेको हो । यससँगै नेप्सेले कम्पनीलाई स्पष्टीकरणसमेत सोधेको छ ।
शुक्रवार बिहान ११ बजे बसेको कम्पनीको बोर्ड बैठकले ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन १९ गते बुक क्लोज गर्ने जनाएको छ । तर, यसको सूचना साउन १४ गते मात्रै दिएको थियो ।
प्रतिक्रिया