सेबोनले दियो बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । 

सेबोनले बैंक अफ काठमाण्डूलाई ‘बीओके डिबेन्चर–२०८६’ र हिमालयन बैंकलाई ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो । यी दुवै ऋणपत्र ७ वर्षे अवधि हुन् । 

बैक अफ काठमाण्डूले १ हजार अंकित दरका कुल ११ लाख इकाइ निष्कासन गर्नेछ । जसमा ६ लाख ६० हजार इकाइ व्यक्तिगत तबरबाट र ४ लाख ४० हजार इकाइ सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । 

यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 

यसैगरी हिमालयन बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ । कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ । 

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०।५ प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया