प्रि ओपन सेसन : करिब २ अंक बढ्यो नेप्से परिसूचक, ४ हजार १९५ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ ।

आज प्रि ओपन सेसनमा ५ स्टकको १२ लाख १९ हजार ७१४ रुपैयाँ ५० पैसा बराबरको ४ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ । सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया