काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेड १० वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ ।
आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्काशनका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा समेत कार्य गरेको छ । यो क्यापिटल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।
क्याप्टिल योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फन्ड १ परिपक्क भई आफ्नो इकाइधनीलाई रकमसमेत फिर्ता गरिसकेको छ ।
यसका साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेस भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ । कम्पनीले ७०० भन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकलाई मेरो सेयर सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया