साउन २३ बाट सवा ११ लाख कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउदै नेपाल फाइनान्स

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ३४ हजार ७१६।१८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राख्ने भएको हो । 

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

बोलपत्र भदौ ६ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया