काठमाडौं - एनसीसी बैंकले आजबाट सवा २६ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएका छ । बैंकले २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र साउन २२ गते अपराह्न ३ बजेसम्म पेस गर्न सकिनेछ ।
प्रतिक्रिया